काठमाण्डौ । तपाईको आफ्नो एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दा काठमाण्डौजस्तो ठूलो शहरमा शानदार घर वा गाडी समेत खरीद गर्ने पैसा कमाउन सकिएला भनेर कहिल्यै सोच्नुुहुन्छ ?यो त बिल्कुलै असंभव छ भन्ने तपाईलाई लाग्छ भने यथार्थ त्यस्तो छैन । यो संभव छ, तर सबैका लागि भने होइन । हामी विश्वका यस्तै केही मानिसहरुको बिषयमा बताउन गइरहेका छौ, जो इन्टरनेटको दुनियाँमा सनसनी बनिरहेका छन् । सन् २०१७ को कुरा गर्ने हो भने विश्वका केही सेलिब्रेटीहरुले आफ्नो प्रत्येक फोटो पोस्ट गर्दा न्यूनतम ५ करोड रुपैयाँ कमाउने गर्छन् । यसको अर्थ काठमाण्डौजस्तो ठाउँमा एउटा घर र गाडी किन्नका लागि यी सेलिब्रेटीहरुलाई एउटा फोटो पोस्ट गर्नु नै पर्याप्त हुन्छ । विश्वका यस्तै तीन सेलिब्रेटीको बिषयमा जानौं:

पात्र नम्बर १
सेलेना गोमेज(गायिका तथा अभिनेतृ)

आम्दानी: एक पोस्टबाट ५ करोड रुपैयाँ भन्दा बढी
फलोवर्स: १२.२ करोड
देशः अमेरिका

पात्र नम्बर २
किम कारदाशियाँ(कारोबारी, अभिनेतृ, समाजसेवी)


आम्दानी: एक फोटोको पोस्टबाट ५ करोड बढी
देशः अमेरिका

पात्र नम्बर ३
क्रिस्टियानो रोनाल्डो(फूटबल खेलाडी)


आम्दानी: एक पोस्टबाट ४ करोड रुपैयाँ बढी
देश: पोर्चुगल