काठमाण्डौ । इन्टरनेट एउटा यस्तो प्ल्याटफर्म हो, जसले पूरा विश्वलाई आफ्नो नजिक बनाइदिएको छ । इमेल तथा भिडियोसहित केही चिजहरु इन्टरनेटको दुनियाँमा निःशुल्कै प्रयोग गर्न पाइन्छ भन्ने कुरा तपाई हामीलाई थाहा भएकै कुरा हो । तर अर्कोतर्फ यही इन्टरनेटमा यस्ता चिजहरु पनि छन्, जसलाई प्रयोग गर्न मानिस पैसा तिरिरहेका हुन्छन्, तर त्यस्ता चिजहरु निःशुल्कै प्रयोग गर्ने खास तरिका समेत हुन्छ । आज हामी तपाईलाई यस्तै चिजहरुको बिषयमा बताउन गइरहेका छौ, जसलाई इन्टरनेटमा निःशुल्कै प्रयोग गर्न पाइन्छ । 

टाइम म्यागेजिनले यो लिस्ट एक विशेष वेबसाइटको मद्धतबाट बनाएको खबरमा बताइएको छ । यदि तपाई प्रत्येक दिन इन्टरनेट प्रयोग गरिरहनुुभएको छैन भने त अझ तपाईलाई यो फ्रि लिस्ट थाहा पाएर आश्चर्य लाग्न सक्छ । आउनुहोस्, जानीराखौं यस्तै सूचिको बिषयमा :

ट्यूूशन
अमूमन अनलाइन ट्यूूसन शुल्क तिर्नुपर्ने अनलाइन मानिन्छ । विश्वभर अन्य यस्ता अनलाइनहरु पनि छन्, जसले तपाईलाई निश्चित पैसा लिएर अनलाइन ट्यूसन पढाउने गर्छन् । तर तपाईले अनलाइनबाट फ्रिमै ट्यूसनको सेवा समेत पाउन सक्नुुहुन्छ । उदाहारणका लागि khanacademy.org मा गएर तपाईले निःशुल्क ट्यूसन पढ्न सक्नुुहुन्छ । 

विदेशी भाषा
तपाई इन्टरनेटमा विदेशी भाषाहरु समेत निःशुल्क रुपमै सिक्न सक्नुुहुुन्छ । धेरै वेबसाइटहरुले पूर्ण रुपमा तपाईलाई निःशुल्क सेवा दिन्छन् । उदाहरणका लागि तपाई en.duolingo.com  मा गएर यो सेवा लिन सक्नुुहुन्छ । 

प्रोडक्टिभ सफ्टवेयर
तपाईले इन्टरनेटबाट Adobe Creative Suite जस्ता सफ्टवेयर पनि निःशुल्कै प्राप्त गर्न सक्नुुहुन्छ । यसबाहेक धेरै विन्डोज सफ्टवेयरहरु पनि तपाईलाई निःशुुल्कै प्राप्त हुन्छ । उदाहरणका लागि तपाई libreoffice.org, openoffice.org मा लगइन गरी यो सेवा लिन सक्नुुहुन्छ । 

किताब पनि निःशुल्क
इन्टरनेटमा आफूलाई आवश्यक पर्ने पुस्तक समेत पूर्ण रुपमा निःशुुल्क पाउन सकिन्छ । यदि तपाईको साथमा स्मार्टफोन छ भने इरिडरको माध्यमबाट यो सेवा पाउन सकिन्छ । उदाहरणका लागि तपाई gutenberg.org लगइन गर्न सक्नुुहुन्छ । 

फिल्म
किताब बाहेक तपाईले पुरानो फिल्महरु समेत इन्टरनेटमा निःशुल्क पाउन सक्नुुहुन्छ । यस अलावा तपाईलाई यदि चर्चित डकूमेन्टीहरु हेर्न मन लाग्यो भने यो पनि कतिपय प्लेटफर्ममा निःशुल्क पाइन्छ । यी केही वेबसाइटबाट तपाईले यो सुविधा पाउनुुहुनेछ:
Archive.org, documentaryheaven.com, YouTube.com, Metropolis.com

क्लाउड स्टोरेज
यो एउटा यस्तो स्टोरेज हो, जहाँ तपाईले आफ्नो  डिजिटल डाटा राख्नुुुहुन्छ र जहिले जहाँ चाहियो, त्यहाँ खोलेर प्रयोग गर्न सक्नुुहुन्छ । डाटा राख्नका लागि तपाईलाई कुनै चिप वा डिभाइसको आवश्यकता पर्दैन । धेरै कम्पनीले तपाईबाट यस्तो स्टोरेजको चार्ज लिन्छन्, तर केही ठाउँ यस्ता पनि छन्, जहाँ गएर तपाईले यो सेवा निःशुल्क पाउन सक्नुुहुन्छ । यसका लागि यी 
वेबसाइटमा जानुहोस् :Microsoft.com, Google.com, Dropbox.com

कोडिङ ल्याङ्ग्वेज
सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा ठूलो माग कोडिङ गर्ने व्यक्तिको हुन्छ । यदि तपाईलाई इन्टरनेटको भिन्ना भिन्नै भाषाको कोडिङ आउँछ भने तपाईलाई जागिरको कहिल्यै कमी हँदैन । यस्तो सेवा समेत फ्रिमै पाइन्छ । त्यसका लागि यी वेबसाइटहरुमा जानुुहोस् : hourofcode.com, ullstackacademy.com, learnpythonthehardway.org

चर्चित कलेजको कोर्स सामाग्री
विश्वभरका चर्चित कलेजहरु जस्तै, MIT, Harvard, and Yaleले तपाईलाई निःशुल्कै कोर्स म्याटेरियल उपलब्ध गराउँछन् । धेरै वेबसाइटहरुले यसका लागि शुल्क लिन्छन्, तर तपाईले यी सामाग्रीलाई निःशुल्कै पनि पाउन सक्नुुहुन्छ । त्यसका लागि यी वेबसाइटमा जानुुहोस् : coursera.org, academicearth.org