काठमाण्डौ । इन्टेक्स मोबाइल्स इन्डियाका विभिन्न ११ वटा मोडलका फिचर फोनहरु यही नोभेम्बरदेखि विभिन्न समयमा नेपाली बजारमा परिचित गराउने लक्ष्य लिएर आएको छ ।

सन् २०१६ र २०१७ मा नेपाली बजारमा आफ्नो प्रभुत्व जमाएको इन्टेक्स मोबाइल्स छोटो अन्तरालपछि नयाँ योजनाहरुका साथ बढ्दो प्रतिस्पर्धामा पुनः आफ्नो पहिचान बनाउन आएको छ । प्राइड इम्पोर्ट एक्स्पोर्ट टे«ड प्रालि काठमाण्डौलाई इन्टेक्सले आफ्नो आधिकारिक वितरकका रुपमा अनुबन्धित गरेको छ । जुन सम्झौतामा शंकर ग्रुपको पनि सहकार्य रहेको छ ।

इको १११, इको २१५ र टर्बो १००० मोडलहरु भने बजारमा यही नोभेम्बर १ देखि उपलब्ध भइसकेका छन् र यी तीनवटै मोडलका फोनहरूले ग्राहकहरुको राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

टुर्बो २१० प्लस र अल्ट्रा २५०० प्लसलाई भने बजारमा यही महिनामा बजारमा ल्याउने तयारी हुँदैछ भने अन्य ६ मोडलका फोनहरु भने डिसेम्बर र जनवरी २०२० मा बजारमा ल्याउने प्रकिया चलिरहेको छ । ग्राहकहरुको सेवा र सुविधाका लागि विश्वसनीय, भरपर्दो र गुणस्तरीय मोडलका फोनहरुलाई प्राथमिकता दिन तत्पर रहेको ग्लोबल बिजनेस प्रमूख विश्वास अग्रवालको भनाइ छ ।

त्यसैगरी, इन्टेक्स् मोबाइल फोनको मर्मत तथा सेवा केन्द्रहरु नेपालभरि २७ ठाउँहरुमा इलेक्ट्रोनिक कन्सर्न एन्ड रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमार्फत संचालन पनि हुँदैछन् ।

बजारमा फेरि आफ्नो दबदबा बढाउन र नपुगेका हरेक साना र ठूला स्थानहरुमा पनि इन्टेक्स मोबाइल्सले बजार विस्तार गर्दैछ । साथसाथै आउँदो १२ महिनाको समयमा नेपाली ग्राहकमाझ दरिलो साइनो गाँस्न पनि इन्टेक्स मोबाइल्स लागि परेको छ ।