काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी जेठ १३ गतेदेखि ६ लाख ७४ हजार ३०० कित्ता आइपीओ निश्कासन गर्ने भएको छ। 

रु. १०० अंकित दरका आइपीओ खरीदका लागि छिटोमा जेठ १६ गते र सो बेलासम्म सबै बिक्री नभए असार १० गतेसम्म आवेदन दिनुपर्नेछ । 

इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

कुल निश्कासन हुने कित्तामध्ये म्युचअुल फण्डहरुका लागि ३३ हजार ७०० कित्ता, कम्पनीका कर्मचारीका लागि १० हजार ३७० कित्ता र बाँकी रहेको ६ लाख ४० हजार ३०० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यो कम्पनीलाई धितोपत्र बोर्डले बैशाख २३ गते कम्पनीलाई चुक्तापूँजीको ३२.५ प्रतिशतले हुन आउने ६ करोड ७४ लाख बराबरको आइपीओ निश्कासनको अनुमति दिएको हो ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । 

यो कम्पनीको आईपिओलाई केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ को रेटिङ्ग प्रदान गरेको छ, जसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर छ भन्ने हो ।

हाल यो कम्पनीको चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको छ।  आइपीओपछि चुक्तापूँजी २० करोड ७४ लाख पुग्नेछ ।

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ करोड १९ लाख खूद नाफा आर्जन गरेको छ ।

यो कम्पनीको मुख्य कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ । 

यो कम्पनीले हाल विभिन्न जिल्लाका ४३ शाखाबाट वित्तीय सेवा दिइरहेको छ । यो कम्पनीले २०७५ माघ ७ गते दोश्रो वार्षिकोत्सव पूरा गरेको थियो ।