काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी २० करोड ७४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ४० हजार रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ३ लाख ७० हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

संस्थाले लाभांश वितरणका लागि कर प्रयोजनार्थ लाग्ने ०.७९ प्रतिशतबापतको रकम पनि नगद लाभांशमै जोडेर वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै वितरण गरिने संस्थाले जनाएको छ ।