काठमाण्डौ । अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा सार्वजनिक गरिएको छ । यस मोबाइललाई नेपाली बजारमा प्रिजम इन्टरप्राइजेजले भित्राएको हो ।

५.५ इञ्चको फूल एचडी डिस्प्ले रहेको यस स्मार्टफोनमा १.३ गिगाहर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ । आकर्षक, स्लिम र मेटल बडिको डिजाइनमा यो फोनका थुप्रै आकर्षक पक्षहरु रहेका कम्पनीले दाबी गरेको छ । 

दुुई जिबी र्याम प्रयोग गरिएको यो स्मार्टफोनमा १६ जिबी आन्तरिक मेमोरी रहेको छ जसलाई ६४ जिबी सम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिन्छ । यस मोबाइलको एक सबल पक्ष यसको क्यामेरा हो । १३ मेगापिक्सेलको रियर एवम् फ्रन्ट क्यामेरा प्रयोग गरिएकाले सेल्फी प्रेमीहरुले आकर्षक सेल्फी खिच्न सक्नेछन् । 

नेपालमा नया वर्ष २०१७ देखि फोर जी सेवा सुरु हुने तयारीमा छ । यसर्थ यो स्मार्टफोनले फोेर जी सिम पनि सपोर्ट गर्दछ । एन्ड्रोइड मार्सम्यालो ६.० अपोरेटिङ्ग सिस्टममा आधारित रहेको सो फोनमा २६०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यस मोबाइलको नेपाली बजार मूल्य १९ हजार ९ सय ९० तोकिएको छ ।