काठमाण्डौ । नयाँ अवधारणा हुने युवाहरुलाई लगानीमा सहयोग गर्ने तथा तथा विभिन्न कम्पनीको सेयरमा लगानी गरी देशको आधारभूत संरचना विकासमा काम गर्ने उद्देश्यले स्थापित इमर्जिङ नेपाल लिमीटडले ५ करोड बराबरको आइपीओ जारी गर्ने भएको छ । 

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने ग्रेड फोरको रेटिङ प्रदान गरेको छ ।  इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ ।

इमरजिङ नेपालले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो । निश्कासित हुने ५ लाख कित्ता सेयर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि हो ।

नयाँ अवधारणामा काम गरिरहेको यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमीटेडले गर्नेछ । 
नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक–निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो ।