काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । 
 

महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा बैंकले नयाँ शाखा स्थापना गरी औपचारिक कारोबार थालेको हो । 

यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७४ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बीच बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको समुद्घाटन गरेका हुन् ।

यो क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाको सञ्जाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।