काठमाण्डौ । सिद्धार्थ बैंकले असोज ४ गते, बुधबार इलामको इलाम बजार र फिक्कलको फिक्कल बजारमा एक विशेष समारोहका बीच शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । 

इलाम शाखाको उद्घाटन डेनिस राजदूतावासका प्रमुख महामहिम इनग्रीड ड्हाल मेड्सन तथा बैंकका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रुपमा गरेका थिए । फिक्कल शाखाकोे उद्घाटन  बैंकका  अध्यक्ष केडियाले मात्र गरेका थिए । 

बैंकले यी शाखाहरु उन्नति एटुुएफ कार्यक्रम अन्तर्गत यूएनसीडीएफसँगको सहकार्यमा स्थापना गरेको हो । बैंकको यी शाखा कार्यालयहरुमार्फत सम्पूूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराइएको छ । यी शाखाहरु मार्फत् बिपन्न वर्गको उत्थानका लागि लघु बैंकिङ्ग सेवा र शाखारहित बैंकिङ्ग सेवालाई विशेष प्राथमिकता दिइने बैंकले जनाएकोे छ ।

यस शाखासहित बैंकले देशभर रहेका आफ्ना ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर, ९९ वटा एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी पिओएस मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।