काठमाण्डौ । भारतको बैंगलोरस्थित अल्ट्राभायोलेट अटोमोटिभ प्रालिले भारतमै बनेको इलेक्ट्रिक बाइक ‘एफ–७७’ लन्च गरेको छ ।

यो बाइकको भारतमा नोभेम्बर १३ तारिखदेखि प्रिबुकिङ सुरु भएको छ । लन्च गर्नुअघि नै भारतमा १०० यो बाइक बुकिङ भइसकेको छ । यो बाइकको डेलिभरी सन् २०२० बाट मात्र हुनेछ ।

एफ–७७ बाइकको सुरुआत मूल्य भारु ३ लाखदेखि ३.५ लाख हुन सक्नेछ ।

यो बाइकमा २३ केडब्लूएच इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले ३३.५ एचपी पावरमा २२५० आरपीएम र ४५० न्युटन मिटरको टर्क उत्पादन गर्न सक्छ ।

एफ–७७ बाइक २.८९ सेकेन्डमै ० देखि १०० किलोमिटर रफ्तार दिन सक्छ । यो बाइकको टप स्पिड १४७ किलोमिटर प्रतिघन्टा रहेको छ ।

कम्पनीको दाबी छ कि एफ–७७ बाइक फुल चार्ज गर्न केवर भारु १६ रुपैयाँको इलेक्ट्रिसिटी खर्च लाग्नेछ । यो बाइक फुल चार्जमा १५० किलोमिटरसम्म कुदाउन सकिनेछ ।

यो बोइकको ब्रकमा डुअल च्यानल एबीबी सिस्टम जडान गरिएको छ । बाइक थ्रीजी र टुजी केआरको एटीई कनेक्टिभिटीका साथ आउनेछ ।

एफ–७७ बाइकको चार्जिङ समय ५ घन्टा रहेको छ । तर यसलाई फास्ट चार्जरको मद्दतले केवल डेढ घन्टामै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

एफ–७७ बाइकमा तीनवटा ड्राइभ मोड इको, स्पोर्ट र इनसेन पाइनेछ । –एजेन्सी