काठमाण्डौ । उषा जेनोम कम्पनीले हालै वाइफाई सक्षम सिलाई मसिन द उषा मेमोरी क्राफ्ट १५००० लञ्च गरेको छ । 

यसले प्रयोगकर्तालाई एम्ब्रोडिरी डिजाइनलाई आइप्याडबाट सिधा मसिनमा पठाउनमा सक्षम बनाउनेछ । 

कम्पनीले दाबी गर्दै भनेको छ कि यो वाइफाई सक्षम स्टिचिङ कम एम्ब्रोडिरी मेसिनले फेसन फरवार्ड क्रिएसनलाई निकै सहज र आनन्ददायी बनाउनेछ । 

यो मेसिनले १००० एसपिएम(स्टिचेज प्रति मिनेट)को गतिमा एम्ब्रोडिरीलाई चलाउनेछ ।

कम्पनीको भनाई अनुसार यो आधुनिक सिलाई मेसिन जापानिज प्रविधिबाट सुसज्जित छ । यो मसिनको निर्माण फोर एमबी मेमोरी स्पेशका साथ गरिएको छ । यसको एक्यूफिड फ्लेक्स टेक्नोलोजीले फूट प्रेसर एडजस्टमेन्टका लागि नियन्त्रणमा सहयोग गर्दछ भने प्रयोगकर्तालाई विभिन्न बाक्लो लेयर्स तथा फेब्रिक्सको एक व्यापक श्रृंखलाको माध्यमबाट उत्कृष्ट ढंगले सिलाउन मद्धत गर्दछ । यसमा टेक्सटाइल, फक्स लेदर, प्लाष्टिक तथा कागज सामेल छ ।