काठमाण्डौ । नेपालको पहिलो पेमेन्ट गेटवे  इसेवाले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेता सार्वजनिक गरेको छ । 

यस उपहार योजनामा बम्पर उपहारमा मकवानपुरका लेखनाथ पौडेलले यमाहाको एफ जेड एस एफ आइ भि थ्रि मोटरसाइकल जित्न सफल भएका छन् । 

यसैगरी अर्को बम्पर उपहारमा काठमाडौ रामकोटका किरण घलेले एक साताको लागि एक जोडिलाई दुबई ट्रिप जित्न सफल भएका छन् । 
सोमबार बम्पर उपहार विजेता सार्बजनिक गरिएको हो ।

इसेवाको यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्दै आएका थिए । 

यस उपहार योजनामा केएफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए । 

यसैगरी उपहार योजनाभर युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भए । 

यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग ६ जनाले तथा ओयो रूम ६ जनाले जित्न सफल भए । 

यस्तै क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टि भाइरस १२ जनाका दरले जित्न सफल भए ।   

यसैगरी सिजिका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भए 
असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए । 

इसेवामा हाल ५६ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इसेवाका ग्राहक २५ लाख भन्दा बढी पुगिसकेका दाबी गरिएको छ । 

देशभर रहेका इसेवाका ६० हजार भन्दा बढी एजेन्ट मार्फत ७५ लाख भन्दा बढीले इसेवाा लिइरहेका छन् । हाल इसेवामा ७० हजार भन्दा बढी मर्चेन्ट आवद्ध छन् ।