काठमाण्डौ । अमेरिकाको डिजिटल रेमिटेन्समा ख्याति प्राप्त मनी ट्रान्सफर रेमिटली  र  इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु गर्ने सम्झौता भएको छ।

यो सेवा सुरु भएसँगै अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीले इसेवा मनी ट्रान्सफरमा नगद पैसा पठाउन सक्ने भएका छन्। साथै, रेमिटलीबाट सीधै इसेवा वालेट पठाउन तथा लोड गर्न अनि कुनै पनि बैंक खातामा रकम जम्मा सकिने संस्थाले जनाएको छ। 

इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रेमिट्यान्स कारोबार गर्दै आएको छ। अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर इसेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दिइरहेको जनाएको छ। 

इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले यो संस्थालाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीका रुपमा स्थापना गर्नु मुख्य उद्देश्य रहेको बताए।