काठमाण्डौ । बहराईनमा रेमिट्यान्स क्षेत्रमा ख्याति प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । 

यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बीएफसीको ५५ वटा शाखाहरु साथै BFC Bahrain App बाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई रु ५५ क्यास ब्याक अफर पनि दिइएको कम्पनीले जानकारी दिएको छ । 

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्पmत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफूलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु कम्पनीको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए ।