काठमाण्डौ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकी एक महिलाको बिहीबार राति सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्युभएको छ।

महोत्तरीको बर्दिबास घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा राति करिब साढे ८० बजे मृत्यु भएको हो। अस्पतालका मेसु डा। लक्ष्मण खड्काका अनुसार ती महिलामा अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या थियो। 

भएपछि उनी बिहीबार दिउँसो अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन्।

ती महिला १० दिन अघिमात्र बर्दिबासबाट सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित माइतीमा आएमा आएकी थिइन्। उनलाई ३–४ दिनदेखि ज्वरो आएको थियो। अवस्था जटिल बनेपछि मात्र बिहीबार दिउँसो सिन्धुली अस्पतालको आकस्मिकको भर्ना गरिएको थियो। ‘ती महिलामा रगतको मात्र पनि कम थियो, फोक्सोमा पनि पानी जमेको थियो’, डा खड्काले भने, ‘प्रयास गर्दागर्दै पनि बचाउन सकिएन।’

ती महिलाको कोरोना संक्रमण परीक्षण गर्नका लागि स्वाब संकलन गरी काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको डा खड्काले जानकारी दिए। ‘स्वाब रिपोर्ट आएपछि मात्र ती महिलामा कोरोना संक्रमण थियो वा थिएन पुष्टि हुन्छ’, उनले भने, ‘रिपोर्ट नआउन्जेलसम्म उनका आफन्तहरुलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ।’ 

स्वास्थ्य सुरक्षा अपनाएर ती महिला शव कमलामाई नगरपालिकाको गड्यौलीमा शुक्रबार बिहान अन्त्येष्टि गरिएको अस्पतालले जनाएको छ।