काठमाण्डौ । हिजोआज धेरै मानिस राम्रो क्यामेरा भएको स्मार्टफोन खरीदमा ध्यान दिन्छन्, त्यसका लागि उनीहरुले त्यसको मेगापिक्सेलतर्फ मात्र नजर डुलाउँछन् । धेरै मानिसलाई लाग्छ कि जुन स्मार्टफोनमा धेरै मेगापिक्सेल छ, त्यसमा क्यामेरा समेत राम्रो होला । तर, यस्तो हुँदैन । एक डिजिटल क्यामेराजस्तै तपाईको स्मार्टफोनका क्यामेरा समेत मेगापिक्सेलको अलावा अन्य कयौं विशेषतासहित आएको हुन्छ, यिनै विशेषताहरुले त्यसलाई गुणस्तरीय क्यामेरा बनाइदिन्छ । 
केही अन्तराष्ट्रिय विज्ञहरुले विभिन्न प्लेटफर्ममा एक राम्रो क्यामेरा छनौटको विधिको बिषयमा सुुझाएका छन् । उनीहरुका अनुसार मेगापिक्सेल एक राम्रो स्मार्टफोनमा सानो हिस्सा मात्र हो । यदि तपाई गुणस्तरीय क्यामेराको सुविधा भएको स्मार्टफोन खरीद गर्न चाहनुुहुन्छ भने मोवाइल खरीदको क्रममा मेगापिक्सेलको अलावा अन्य विशेषतातर्फ पनि ध्यान दिनुहोस् । 

राम्रो मेगापिक्सेलको साथमा तपाईको स्मार्टफोनमा लगाइएको क्यामेरामा अटो फोकस, अप्टिकल इमेज स्टेबीलाइजेसन, लो लाइट क्याप्चर्स लगायतका विशेषताहरुतर्फ ध्यान दिनुपर्छ । 

यी कुरा चेक गर्नुहोस्
१.अटो फोकस : तपाईको क्यामेराले दृश्य अनुसार आफूलाई एडजस्ट गर्ने विशेषता नै अटो फोकस हो । राम्रो अटोफोकस भएको स्मार्टफोनको क्यामेराबाट कम प्रकाश भएको क्षेत्र तथा भीडभाडमा समेत राम्रो फोटो लिन सकिन्छ । 

२.अप्टिकल इमेज स्टेबीलाइजसन(ओआईएस) :फोटो खिच्ने क्रममा तपाईको हात हल्लिन सक्छ र यस्तो बेलामा पनि फोटो धमिलो वा हल्लिएको नआओस् भन्ने चाहना राख्नुुहुन्छ भने त्यस्तो स्मार्टफोनको क्यामेरामा ओआईएस हुन आवश्यक छ । यो विशेषताले तिरमिर तस्वीरको साटो प्रष्ट तस्विर रेकर्ड गर्न मद्धत गर्छ, यसले फोटोको गुणस्तर सुधार्छ । 

३.आइएसओ :यो विशेषताले तपाईको फोटोको सबै खालका गुणस्तर नियन्त्रणको काम गर्छ । पूरा अन्धकारमा जब तपाई फोटो खिच्नुुहुन्छ, त्यसबेला आइएसओले नै तपाईको फोटोमा प्रकाश फ्याक्न मद्धत गर्छ । यो विशेषताको सहयोगले तपाईले अलग अलग अवस्थामा समेत राम्रो फोटो लिन सक्नुुहुन्छ । 

४.अपर्चर : यदि तपाई डिएसएलआर क्यामेराको जस्तो परफरमेन्स आफ्नो स्मार्टफोनमा पनि होस् भन्ने चाहनुुहुन्छ भने क्यामेराको यो विशेषतातर्फ विशेष ध्यान दिनुुहोस् । अपर्चरले क्यामेराको लेन्समा पर्ने लाइटलाई कम या ज्यादा गर्ने काम गर्छ । अपर्चरलाई एफ बाट नापिन्छ । यसको अर्थ, जति कम एफ नम्बर हुन्छ, त्यो स्मार्टफोनको क्यामेराले उति नै राम्रो फोटो खिच्छ भन्ने बुुझ्नुुपछ । 

५.युजेबिलीटी : कैयन स्मार्टफोनमा तपाईले सेल्फी डिटेक्टर, स्माइल डिटेक्टर जस्ता विशेषता देखेको हुनुपर्छ । यस्ता, युजेबिलिटी फिचर्सले तपाईलाई फोटो खिच्न सहज बनाइदिन्छन् । एलजी, सामसंग जस्ता कैयन चलेका ब्राण्डका कैयन ह्याण्डसेटहरुमा तपाईले यो विशेषता पाउनुहुनेछ । 

कुन मोवाइल खरीद गर्ने  ?
विज्ञहरुको सुुझावलाई मान्ने हो भने माथि उल्लिखित विशेषताले भरिपूर्ण स्मार्टफोनहरुमा गुुगल पिक्सेल एक्सएल, सामसंग ग्यालेक्सी ए ८ तथा आइफोन सेभेन प्लस राम्रो विकल्प हुनसक्छन् । 

बजेट स्मार्टफोनहरुमा समेत यस्ता विशेषता पाइन्छ, आफूले यसमा ध्यान दिएर थोरै बजेटमा समेत यी विशेषताले भरिपूर्ण स्मार्टफोन खरीद गर्न सकिन्छ ।