काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लिएको मर्जर तथा एक्वीजिसनको नीतिको सबैभन्दा धेरै प्रभाव विकास बैंकहरुमा परेको देखिएको छ । यहीकारण पछिल्लो समय राष्ट्रिय स्तरको विकास बैंकको संख्या  १२ वटा रहेको छ । यीमध्ये पनि टुरिजम डेभलपमेन्ट बैंक मेगा  बैंकसँग मर्जरमा जाने निश्चित भएकोले राष्टिय स्तरका विकास बैंकको संख्या ११ मा सीमित हुनेछ । 

हाल अस्तित्वमा रहेका यी १२ विकास बैंकमध्ये महालक्ष्मी विकास बैंक बाहेकका अन्यले तेश्रो त्रैमासको वित्तीय विवरण पस्किएका छन् । 

यो वर्षको तेश्रो त्रैमासमा निकै लामो समयदेखि  विकास बैंकको नाफामा नम्बर वान बन्दै आएको कैलाश विकास बैंक पछि परेको छ । कैलाशलाई मुक्तिनाथ विकास बैंकले पछाडि पारिदिएको हो । तेश्रो त्रैमाससम्मको  अवस्था हेर्दा ४२ करोड ७५ लाख नाफासहित मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा छ । 

नाफातर्फ कैलाश विकास बैंक दोश्रो स्थानमा झरेको छ । गण्डकी विकास बैंक तेश्रो, गरिमा विकास बैंक चौथो र ओम डेभलपमेन्ट बैंक पाँचौ स्थानमा छन् । सबैभन्दा कम नाफा गर्ने लुम्बिनी विकास बैंक सबैभन्दा अन्ति स्थानमा छ । बाँकीले कति नाफा कमाए ?

हेर्नुहोस् यो टेबल:

यस्तै, हामीले विकास बैंकहरुमा नाफामा गरेको प्रगतिको हिसाबले समेत  विश्लेषण गर्ने कोशिश गरेका छन् । नाफातर्फको बढोत्तरीको कुरा गर्दा ५६.६२ प्रतिशतको वृद्धिसहित कामना सेवा विकास बैंक पहिलो नम्बरमा छ । २४.६  प्रतिशतको बढोत्तरीसहित गण्डकी विकास बैंक दोश्रो, २० प्रतिशतको प्रगतिसहित मुक्तिनाथ  विकास बैंक तेश्रो, १४  प्रतिशतको प्रगतिसहित ज्योति  विकास बैंक चौथो र १३.२८ प्रतिशतको  वृद्धिसहित गरिमा विकास बैंक पाँचौ स्थानमा छन्  । सबै  विकास बैंकले नाफा बढाउँदा  लुम्बिनी विकास बैंकको नाफामा भने १६ प्रतिशतको गिरावट आएको छ ।

अन्य बैंकले नाफातर्फ कस्तो प्रगति गरे ? हेर्नुहोस् यो टेबल: