काठमाण्डौ । राष्ट्रिय स्तरका ११ वटै विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण प्रकाशित गरेकामध्ये २ वटाको खूद नाफा घटेको छ भने बाँकीले नाफामा राम्रो प्रगति गरेका देखिएको छ ।

कम्पनीहरुले प्रकाशन गरेका वित्तीय विवरणको आधारमा हेर्दा आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । यो बैंकले ५७ करोड ५४ लाख बढी खूद नाफा आर्जन गरेको हो । 

मुक्तिनाथलाई पछ्याउँदै महालक्ष्मी विकास बैंकले खूद नाफातर्फ दोश्रो स्थान कब्जा गरेको छ । महालक्ष्मीको नाफा ५६ करोड ११ लाख रुपैयाँ रहेको छ । 

यस्तै, अन्य आर्थिक वर्षहरुमा सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बन्ने सफलता पाइरहेको कैलाश विकास बैंक यो पटक भने तेश्रो स्थानमा धकेलिएको छ । यो बैंकको खूद नाफा ५५ करोड २५ लाख रुपैयाँ रहेको छ । 

नाफाको दृष्टिकोणले गण्डकी विकास बैंकले चौथो स्थान सुरक्षित गरेको छ । यो बैंकले ५० करोड १८ लाख खूद नाफा आर्जन गरेको छ । पाँचौ स्थानमा ४३ करोड ७८ लाख नाफा कमाउँदै गरिमा विकास बैंक समेटिएको छ । 

नाफा आर्जनमा सांग्रीला डेभलपमेन्ट बैंक र देवः विकास बैंक भने कमजोर देखिएका छन् । सांग्रीलाको नाफा ३४ करोड ७७ लाखबाट घटेर ३२ करोड ७६ लाखमा सीमित बन्न पुगेको छ भने देवः विकास बैंकको नाफा पनि २८ करोड ९४ लाखबाट खिइएर २७ करोड ५३ लाखमा सीमित भएको छ । 

नाफा आर्जनको हिसाबले कुन बैंक कुन स्थानमा परे ? यो टेबल हेर्नुहोस्:

BANK NET PROFIT in crore
MNBBL Rs. 57.54
MLBL Rs. 56.11
KBBL Rs.55.25
GDBL Rs.50.18
GBBL Rs.43.78
LBBL Rs.40.17
ODBL Rs.40.00
KSBBL Rs.34.33
SADBL Rs.32.76
JBBL Rs.30.51
DBBL Rs.27.53

कसको प्रगति कस्तो ?
हामीले ११ वटा विकास बैंकले नाफातर्फ गरेको प्रगतिको आधारमा समेत विश्लेषण गर्ने कोशिश गरेका छौ । जसअनुसार नाफातर्फ लुम्बिनी विकास बैंकले कमालको प्रगति गरेर देखाएको छ । यो बैंकले १२९.४९ प्रतिशतले नाफा बढाएको हो । 

कामना सेवा विकास बैंकले समेत नाफामा ९४.४५ प्रतिशतको फड्को मारेको देखिएको छ । नाफातर्फको प्रगतिको हिसाबले ३३.५८ प्रतिशतको बढोत्तरीसहित ज्योति विकास बैंक तेश्रो स्थानमा छ । २६.७८ प्रतिशतको प्रगतिसहित गरिमा चौथो र २६.३१ प्रतिशतको वृद्धिसहित महालक्ष्मी पाँचौ स्थानमा छन् । 

कुन बैंकको नाफातर्फको प्रगति कस्तो देखियो त ? हेरौं यो टेबल:

S.N. Bank 2074/75 Rs in Crore 2073/74 Rs in Crore Difference %
1. LBBL 40.17 17.50 129.49
2. KSBBL 34.33 17.65 94.45
3. JBBL 30.51 22.84 33.58
4. GBBL 43.78 34.26 27.78
5. MLBL 56.11 44.42 26.31
6. GDBL 50.18 40.22 24.76
7. MNBBL 57.54 48.69 18.18
8. KBBL 55.25 50.25 9.95
9. ODBL 40.00 39.43 1.44
10. DBBL 27.53 28.94 -4.87
11. SADBL 32.76 34.77 -5.78