काठमाण्डौ । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संकटको लडाइँमा देशले ‘चमकदार सफलता’ प्राप्त गरेको दाबी गरेका छन्। 

पोलिट ब्युरो बैठकका क्रममा बिहीबार नेता किम जोङले उत्तर कोरियामा यो भाइरसको अन्त्य गर्न सफल भएको र हाल स्थिति स्थिर रहेको दाबी गरेका छन्। विश्वभर कोरोना महामारी फैलिन सुरुआत गरेकै समयमा उत्तर कोरियाले आफ्नो सबै सीमा सिल गरेको थियो र हजारौँ मानिसलाई आइसोलेसनमा राखेको थियो। 

उत्तर कोरियाको दाबी छ कि हाल देशमा एकजना पनि कोरोना संक्रमित छैनन्। यद्यपि विश्लेषकहरु यसलाई मान्न तयार छैनन्। 

यद्यपि बैठकमा नेता किम जोङले यो महामारीमाथि काबु नै राख्न केही कार्ययोजना पनि विस्तार गरेका छन्। उनले देशभित्र हिँडडुल गर्न अनिवार्य मास्क लगाउन पनि सुझाएका छन्। – एजेन्सी