काठमाण्डौ । शाखा सञ्जाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमीटेडले उदयपुरको ताप्ली गाउँपालिकामा समेत शाखा स्थापना गरी शुभारम्भ गरेको छ । 

योसहित बैंकको शाखा कार्यालय संख्या ७१ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बुधबार एक समारोहका बीच ताप्ली गाउँपालिका अध्यक्षे उद्धवसिंह थापाले शाखाको उद्घाटन गरेका थिए ।

बैंकले आगामी दिनमा समेत शाखा सञ्जाल बिस्तारको क्रमलाई निरन्तरता दिइने जनाएको छ ।