काठमाण्डौ । रुपन्देहीमा केन्द्रीय कार्यालय भई १० जिल्लामा बित्तीय सेवा दिंदै आएको उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले १ करोड ६५ लाख मूल्य बराबरको आइपीओ निश्कासनको अनुमति पाएको छ ।

धितोपत्र बोर्डले शुक्रबार यो कम्पनीलाई आइपीओ निश्कासनको अनुमति दिएको हो । 

यो माइक्रोफाइनान्स कम्पनीले साउन २२ गते धितोपत्र बोर्डमा १ सय रुपैयाँ अंकित दरका १ लाख ६५ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै आवेदन दिएको थियो ।

कम्पनीको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ ।

माइक्रोफाइनान्सको हालको चुक्तापूँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी ५ करोड ५० लाखको उचाईमा पुुग्नेछ ।