काठमाण्डौ । उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई ४०.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको हिजो साँझ बसेको सञ्चालक समितिको बैठकल गत आर्थिक वर्षका लागि लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँको ३८.६० प्रतिशतले हुन आउने ३ करोड ४० लाख ७४ हजार १५० रुपैयाँबराबरको बोनस सेय र २.०३ प्रतिशतले हुन आउने १७ लाख ९३ हजार ३७६.३२ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।