काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमीटेडलाई राष्ट्रियस्तरको लघुवित्तको रुपमा काम गर्ने अनुमति दिइएको छ । 

नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले भदौ २८ गते 'घ' वर्गको वित्तीय संस्थाअन्तर्गत रहने गरी उन्नति सहकार्य लघुवित्तलाई राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कारोबार गर्न पाउने गरी अनुमति दिएको हो । 

राष्ट्रियस्तरको लघुवित्तको रुपमा सेवा विस्तार गर्ने अनुमति पाएको यो संस्थाको संचालक समितिको अध्यक्षमा डा. अनिता ढुंगाना शाह रहेकी छिन् भने संचालकहरुमा खड्गबहादुर राना, कृष्णप्रसाद गौतम, राजन तिवारी, भागर्भ धिताल, खिलराज मैलानी र उपेन्द्रराज उप्रेती रहेका छन् । 

यो संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रेमबहादुर पाठक कार्यरत छन् ।