काठमाण्डौ । रुपन्देहीमा मुख्य कार्यालय रहेको उन्नति माइक्रोफाइनान्सले विभिन्न ६ पदमा दर्जनौ कर्मचारी मागेको छ । 

यो कम्पनीले असोज १५ गते एक सूचना प्रकाशित गरी सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मको पदमा कर्मचारीमा मागेको हो । 

इच्छुकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र तोकिएको स्थानमा दरखास्त दिइसक्नुपर्नेछ ।

कम्पनीले सहायक प्रबन्धक पदमा १ जना कर्मचारी मागेको छ । स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा बित्तीय संस्थामा अधिकृत पदमा कम्तीमा ५ वर्ष काम गरेको र ४५ वर्ष उमेर ननाघेकोलाई यो पदमा प्राथमिकता दिइने बताइएको छ । 

कम्पनीले वरिष्ठ अधिकृत पदमा केही कर्मचारी मागेको छ । स्नातक तह उत्तीर्ण गरेको, बैंक तथा बित्तीय संस्थामा अधिकृत पदमा रही कम्तीमा ३ वर्ष काम गरेकोले यो पदका लागि आवेदन दिन सक्ने बताइएको छ । 

अधिकृत पदमा समेत केही कर्मचारी मागिएको छ । यसका लागि स्नातक तह उत्तीर्ण भएको र लघुवित्त क्षेत्रमै ५ वर्ष कार्यानुभव भएकोले आवेदन दिन सक्नेछन् । 

केही कनिष्ठ अधिकृत, वरिष्ठ सहायक र कनिष्ठ सहायक समेत मागिएको छ । 

कनिष्ठ अधिकृतका लागि स्नातक तह उत्तीर्ण भई ३ वर्षको अनुभव हुनुपर्नेछ भने वरिष्ठ सहायकका लागि दशजोड दूई वा सोसरहको पढाई पूरा गरी लघुवित्तको फिल्डमा २ वर्ष खटिएकोले आवेदन दिन पाउनेछन् । कम्प्युटर संचालन सम्बन्धी ज्ञान भएको र दशजोड दुई वा सोसरहको पढाई पूरा गरेकोले सहायक पदमा आवेदन दिन पाउनेछ भने एसएलसी उत्तीर्ण फ्रेस जनशक्तिले कनिष्ठ सहायक पदमा आवेदन दिन पाउनेछ ।

कम्पनीले प्रकाशित गरेको आवश्यकता सम्बन्धी यो सूचनाबाट बाँकी कुरा थाहा पाउनुहोस्: