काठमाण्डौ । दैनिक रुपमा १०० भन्दा बढी कोरोना संक्रमितहरु थपिने क्रम जारी रहेपछि काठमाण्डौ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले खुल्ला ठाउँमा जमघट हुन, भेला वा प्रदर्शन गर्न निषेध गरेका छन् । 

शुक्रबार काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । 

निर्णयपछि तीनै जिल्लास्थित प्रशासन कार्यालयहरुले निषेध गरिएका गतिविधिहरुको विषयमा प्रष्ट पार्दै सूचना जारी गरेका छन् । 

फुटपाथ,  खुल्ला ठाउँ वा ठेला गाडा तथा साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन कार्य समेत निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ । 

भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव गर्न रोक लगाइएको छ भने चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट समेत गर्न पाइने छैन । 

यो आदेश आजै राति १२ बजेदेखि लागू भई भदौ १५ गते राति १२ बजेसम्म कायम रहने काठमाण्डौ जिल्ला प्रशासनबाट जारी सूचनामा उल्लेख छ । 

उपत्यकामा निषेध गरिएका गतिविधिको सूचि यस्तो छः