काठमाण्डौ। पछिल्ला दिनहरुमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउने तयारी गरेको छ।

सरकारले उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै परीक्षणको दायरा बढाउने तयारी गरेको हा। यसका लागि सरकारले कोरोना शंकास्पद व्यक्तिको स्वाब संकलन गर्न उपत्यकाका १४ अस्पताल तोकेको छ। 

सरकारले पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भुक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसूती गृह, ह्याम्स अस्पताल र नेपाल कोरियामैत्री अस्पताललाई स्वाब संकलन केन्द्र तोकेको हो। यी अस्पतालहरुमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यीबाहेक ताकिएका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालहरुमा पनि स्वाब संकलन हुने मन्त्रालयले स्पष्ट पोको छ।

यसैबीच मन्त्रालयले उपत्यकामा कोरोना जोखिम बढेकाले सर्वसाधारण सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कन तथा भीडभाडा नगर्न र चाडपर्वहरु घरमै बसी मनाउन अपिल गरेको छ।