काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ७५५ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा मात्रै ६०९ संक्रमित थपिएका छन् । 

यस्तै, भक्तपुरमा ५१ र ललितपुरमा ९५ संक्रमित थपिएका छन् । 

उपत्यकामा बाहेक पछिल्लो अवधिमा धेरै संक्रमित भेटिने जिल्लाहरुमा मोरङ(७३), चितवन(१३७), बाँके(५३), रुपन्देही(८६), कैलाली(४५) रहेका छन् । 

मृतक कहाँका कति ?
पछिल्लो २४ घण्टामा थप १७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतकमध्ये ५ महिला र १२ पुरुष रहेका छन् । ६ जना काठमाण्डौ उपत्यकाका छन् भने बाँकी अन्य जिल्लाका रहेका छन् । 

मृतक महिलाहरुमा मोरङ(५५ वर्षीया), सुनसरी(८१), भक्तपुर(७३), काठमाण्डौ(८२) र धादिङ(३२) रहेका छन् । 

यस्तै, मृतक पुरुषहरुमा झापा(७८ वर्षीय), धनुषा(६८ र ७० वर्ष), रौतहट(६५), भक्तपुर(८४), काठमाण्डौ(७५, ७९ र ८० वर्ष), तनहुँ(३९), दाङ(३९), कपिलवस्तु(५०) र नवलपरासी(५५) रहेका छन्।