काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा मात्रै ६४५ कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ३१३ संक्रमित थपिएकोमा उपत्यकाका मात्रै ६४५ रहेका छन् । 

उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाण्डौमा ५०३ संक्रमित थप भएका छन् । यस्तै, ललितपुरमा ९१ र भक्तपुरमा ५१ संक्रमित थप भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

धेरै संक्रमित थपिएका जिल्लाहरुमा मोरङ(६९), महोत्तरी(५५), सर्लाही(३९), चितवन(६७), रुपन्देही(६१), बाँके(३२), अछाम(२५), बझाङ(२५) रहेका छन् । 

देशभर आइसियूमा २२७ र भेन्टिलेटरमा ३९ संक्रमितको उपचार भइरहेको छ । 

पछिल्लो २४ घण्टामा निधन हुने संक्रमितमध्ये ३ महिला र ३ पुरुष रहेका छन् । 

महिलाहरु मोरङ(६० वर्षीया), काठमाण्डौ(७५) र कपिलवस्तु(७०) रहेका छन् । 

यस्तै, मृत्यु हुने पुरुषहरुमा मोरङ(५० वर्षीय), सप्तरी(७०) र ललितपुर(५१) रहेका छन् । 

मन्त्रालयका अनुसार शुक्रबारसम्ममा देशभर १८ हजार २८९ सक्रिय संक्रमित रहेका छन् ।