काठमाण्डौ । मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ । सँगै कारोबार रकम पनि ५० करोड माथि पुगेको छ । 

बजारमा परिसूचकसँगै कारोबार रकम पनि समानान्तर ढंगले बढ्नु सुखद संकेत हो । तर, एकदिनको यस्तो प्रवृतिले मात्र आगामी दिनमा बजार बढ्नेछ भनेर आँकलन गर्नु महाभूल हुनेछ । 

यो दिन नेप्से परिसूचक १५.६५ अंकले बढेर १३६१.०२ विन्दूमा पुगेको छ । उत्पादनमूलक समूहमा २.४३ अंकको गिरावट आए पनि बाँकी सबै समूहको सूचक हराभरा भएका छन् । 

यो दिन बैकिङ समूह ११.७४ अंकले बढेको छ । यस्तै, होटल समूह ४३.८८ अंकले बढेको छ भने विकास बैंक समूह १८.१७ अंक, जलविद्युत समूह २०.३, बिमा समूह १५१.२३ अंक, माइक्रोफाइनान्स समूह ३५.७६ अंकले बढेको छ । यस्तै, अन्य समूह ०.०६ अंक तथा बित्त समूह ०.१४ अंकले बढेको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स ३.०४ अंकले बढेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.१६ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६५ कम्पनीका १४ लाख ३९ हजार ३ सय ९३ कित्ता सेयर ५० करोड ६४ लाख ८९ हजार ३ सय २२ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी सिभिल बैंकले कारोबार गरेको छ । यो बैंकले ९ करोड ३१ लाख बढीको कारोबार गरेको हो । 

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ४० लाख, शिखर इन्स्योरेन्सले १ करोड ८० लाख, नेशनल लाइफ इन्स्योरेन्सले १ करोड ६५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४८ लाख बढीको कारोबार गरेका छन् । राष्टिय बिमा कम्पनी लिमीटेडको १ करोड ४३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा बुटवल पावर कम्पनीले १ करोड ३० लाख बढीको कारोबार गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले १ करोड २२ लाख बढीको कारोबार गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले १ करोड बढीको कारोबार गरेको छ । 

यो दिन मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले १ करोड १ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.३५ प्रतिशतले वृद्धि भयो । समता माइक्रोफाइनान्सको मूल्य पनि ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

यो दिन नयाँ नेपाल लघुवित्त विकास बैंक लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ५.५८ प्रतिशतले घट्यो । यस्तै, सेन्ट्रल फाइनान्सको मूल्य समेत ५.३८ प्रतिशतले घट्यो ।