काठमाण्डौ । वाणिज्य बैंकहरुले मात्र निश्कासन गर्दै आएको ऋणपत्र अब आइसीएफसी फाइनान्सले पनि निश्कासनको तयारी गरेको छ । 

नेपालको इतिहासमै “क” वर्गका वाणिज्य बैंकहरु पश्चात् नेपाल राष्ट्र बैंंकबाट अनुमति प्राप्त गरी डिवेञ्चर निष्कासन गर्ने पहिलो वित्तीय संस्थाको रुपमा आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड अगाडि आएको छ । 

यो फाइनान्स कम्पनीले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको हो । 

यसका लागि फाइनान्स कम्पनीले ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । सो सम्बन्धी आइतबार नै एक सम्झौता समेत भएको बताइएको छ ।

फाइनान्सले रु. १००० दरका कुल २ लाख कित्ता ऋणपत्र निश्कासन गर्नेछ ।

सात वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १२ प्रतिशत ब्याज पाउनेछ । ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुने बताइएको छ । 

कम्पनीले निश्कासन गर्न लागेको ऋणपत्रमा ब्याज समेत वाणिज्य बैंकभन्दा राम्रो अफर गरिएको छ । अहिले बजारमा ऋणपत्र निश्कासन गर्ने वाणिज्य बैंकहरुले वार्षिक अधिकतम १०.२५ प्रतिशतसम्म ब्याज अफर गरेका छन् ।