काठमाण्डौ । कालिका पावर कम्पनीले १८ करोड मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले ६ करोड रुपैयाँ बराबरको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १२ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको हो । 

एकसय रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीले पहिलो चरणमा स्थानीयका लागि आइपीओ निश्कासन गर्नेछ । त्यसपछि मात्र सर्वसाधारणका लागि आइपीओ आउनेछ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम काठमाण्डूू क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलले गर्नेछन् । 

नेपालको एक मात्र क्रेडिट रेटिंग कम्पनी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिंग प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ । स्थानीय र सर्वसाधारणका लागि आइपीओ जारीपछि चुक्तापूँजी ७८ करोडको उचाईमा पुुग्नेछ । 

कम्पनीमा सबैभन्दा बढी बिक्रम पाण्डे र परिवारको ७७ प्रतिशत लगानी छ । हाल यो कम्पनीले ६ मेगावाटको दरौदी कालिका जलविद्युत आयोजना संचालन गरिरहेको छ । यो परियोजना निर्माणको क्रममा कम्पनी निकै ठूलो ऋणमा रहेकाले त्यसलाई चुक्ता गर्ने उद्देश्यले आइपीओ जारी गर्न लागेको बताइएको छ ।