काठमाण्डौ । सन् २००८ मा स्थापित एईसीसीले  ग्लोबल अष्ट्रेलियन एडमिशन डे जनवरी २०१७ आयोजना गरेको छ । 

कार्यक्रम जनवरी २२ तारिकका दिन बिहान ११ देखि बेलुकी ४ बजेसम्म होटल याक एण्ड यतिमा आयोजना भएको हो । 

कार्यक्रममा करिब ९ सय विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो । मेलबर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजीको तर्फबाट एनआरएनएका अध्यक्ष तथा अस्टेलियाका धनाढ्य नेपाली शेष घलेले समेत कार्यक्रममा सहभागिता जनाएका थिए । 

कार्यक्रममा नेपालमै पहिलो पटक विदेश अध्ययन सम्बन्धी जिज्ञासाको समाधानका लागि फेसबुक डिस्कशन सेशनको पनि आयोजना गरिएको थियो ।

कार्यक्रम मार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पूूर्ण जानकारी लिने अवसर प्रदान गरिएको आयोजकको दाबी छ ।

कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी उपलब्ध गराइएको थियो । सहभागीहरुलाई आयोजकले पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्ये आफ्नो अध्ययन क्षेत्र रोज्न सक्ने अवसर प्रदान गरेको जानकारी दिइएको छ । 
 

कार्यक्रममा सहभागी विद्यार्थीले वटा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी प्राप्त गरेका आयोजकको भनाइ छ । साथै, तत्काल प्रक्रिया अगाडि बढाई आफ्ना आवेदन विश्वविद्यालयसामु प्रस्तुत गर्ने अवसर पनि कार्यक्रममा प्रदान गरिएको थियो । 
 

कार्यक्रममार्फत विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्करहित प्रोशेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लागायत सुविधा प्राप्त गरेका छन् । कार्यक्रममा सहभागीका लागि आईईएलटीएस/पीटीई/टोफल अध्ययनका लागि विशेष प्याकेजको ब्यवस्था समेत गरिएको संस्थाले जानकारी दिएको छ । सहभागीलाई अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्षसम्मका लागि कार्य अधिकार(वर्क राइट) पनि प्रदान गरिने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।