काठमाण्डौ । डिजिटल युगको दुनियाँमा अहिले आममानिसका प्रत्येक गतिविधिमा निगरानी बढिरहेको छ । यहाँसम्म कि तपाइँ कहाँ गइरहनुभइरहेको छ, कोसँग हुनुहुन्छ, के गर्दै हुनुहुन्छ र तपाइँले चलाउने मोबाइलमा रहेको म्यासेज तथा अन्य महत्वपूर्ण जानकारीहरु माथि निगरानी भइरहेको हुन्छ ।

मोबाइलबाट हुने निगरानी पनि बढिरहेको छ । निगरानीका लागि कयौँ सफ्टवेयर अनलाइनहरु पनि उपलब्ध छन् । जसलाई मानिसहरु खरिद गरिरहेका छन् ।

यस्ता सफ्टवेयरको भीडमा एउटा सफ्टवेयरले अहिले आतंक फैलाइरहेको छ । यो सफ्टवेयरको नाम हो ‘स्टकवेयर’ । 

यसको प्रयोग अहिले ह्वातै बढेको छ ।

यो शक्तिशाली सफ्टवेयरको अर्काे नाम ‘स्पाउसवेयर’ हो । मोबाइलमा डाउनलोड गर्नेबित्तिकै यसले आफ्नो काम गर्न सुरु गरिहाल्छ । डिभाइसमा प्रवेश गर्नेबित्तिकै यसले मोबाइलमा रहेको सेभ म्यासेजहरु रिड गर्न सुुरु गरिहाल्छ । मोबाइलको स्क्रिनमा हुने हरेक गतिविधिलाई रेकर्ड गर्न सुुरु गर्छ ।

यो सफ्टवेयर यतिसम्म शक्तिशाली छ कि यसले मोबाइलको क्यामेरालाई समेत कन्ट्रोल गर्न सक्छ ।

जासुुसी गर्ने यो सफ्टवेयरलाई साइबर सेक्युरिटी कम्पनी कस्पर्सकीले पत्ता लगाएको हो । कस्पर्सकीका अनुसार मोबाइलमा सुरक्षा दिने प्रविधिको सहायताले अहिलेसम्म ३७ हजार ५३२ वटा मोबाइलमा यो सफ्टवेयर डाउनलोड गरिएको छ । जानकारका अनुसार यो आँकडाले विकराल रुप लिन सक्छ ।

जासुुसी गर्ने यस्ता सफ्टवेयरहरु अनलाइन बजारमा आउनाले मोबाइलको सुरक्षा अपरिहार्य भएको छ । महत्वपूर्ण सार्वजनिक पदमा आसिन व्यक्तिका लागि मोबाइलको सुरक्षा गर्न झनै आवश्यक देखिन्छ । यसका लागि मोबाइलमा रहेका एपहरु बेला–बेलामा जाँच गरिरहनुुपर्दछ । यस्ता प्रकारका समस्याहरुबाट बच्न मोबाइलमा एउटा सेक्युरिटी एप अनिवार्य रुपमा डाउनलोड गर्नुुपर्दछ । – एजेन्सी