काठमाण्डौ । कतिपय अवस्थामा  तपाईले जीवनमा लिएका  केही महत्वपूर्ण निर्णयले कायापलट गरिरहेको हुन्छ। हामीले चर्चा गर्न लागेका  यी व्यक्तिको जीवनमा पनि  यस्तै भयो । यी  व्यक्तिको एउटा निर्णयले उनको भाग्य मात्र चम्किएन, उनलाई रातारात  भारतका धनाढ्यहरुको सूचिमा समेत सामेल गरिदियो । त्यो  एउटा निर्णय यति शक्तिशाली साबित भइदियो कि यी व्यक्तिको आफ्नो परिवारको सम्पत्ति  केही महिनाभित्रै अचाक्ली बढेर ५० हजार करोड भारु भइदियो  । यी व्यक्तिको  बिषयमा यस्तो पनि भनिन्छ कि  उनले जहाँ पैसा लगाउँछन्,  अहिलेसम्म कहीँ पनि घाटा खाएका छैनन् । 

हामी यहाँ भारतका निकै ठूला र चर्चित लगानीकर्ता तथा त्यहाँका रिटेल बजारका राजा उपनाम पाएका राधाकृष्ण दमानीको कुरा गरिरहेका छौ ।

राधाकृष्णको कम्पनीको नाम एभेन्यू सुपरमार्केट(डि–मार्ट) हो । गत वर्ष मार्चमा दमानीले आफ्नो कम्पनीबाट आइपीओ जारी गरी गर्ने र त्यसका लागि कम्पनीलाई सेयर बजारमा सूचिकृत गर्ने निर्णय गरे । हजूर, यही एउटा  निर्णय उनका लागि गेमचेञ्जर साबित भइदियो । 

प्रारम्भमा यो कम्पनीको सेयरको अफर मूल्य २९५ भारुदेखि २९९ रुपैयाँको बीचमा राखिएको थियो । तर, २१ मार्चमा यो कम्पनीको सेयरको सूचिकरण प्रतिकित्ता ६४२ भारुमा भइदियो । अब भारतीय सेयर बजारमा दमानीको कम्पनीको सेयरको मूल्य बढेर प्रतिकित्ता १४८६ भारुको उचाईमा पुगेको  छ । यसको अर्थ इस्यू हुँदाको मूल्य भन्दा ३९७ प्रतिशतले मूल्य बढिसकेको छ । यस्तै, सूचिकृत हुँदाको मूल्य भन्दा १३१ प्रतिशतले मूल्य बढिसकेको देखिएको छ ।

५३ हजार करोड बढ्यो सम्पत्ति
२१ मार्चमा डि–मार्टको सेयर सूचिकरण हुँदा त्यसको मूल्य प्रतिकित्ता ६४२ रुपैयाँ थियो । त्यसबेला कम्पनीको कुल सम्पत्ति ४० हजार २ सय ९४ करोड रहेको थियो । अब अहिले यो कम्पनीको सेयर मूल्य १४८६  भारुको उचाईमा पुगिसकेको छ । यो मूल्यले हिसाब गर्दा कम्पनीको सम्पत्ति बढेर ९३ हजार ३ सय ६३ करोडको उचाईमा पुगेको छ । यसको अर्थ केही महिनामै कम्पनीको सम्पत्ति ५३ हजार करोडे बढेको छ ।

७९ हजार करोड भयो परिवारको सम्पत्ति
फोब्र्सको सूचिअनुसार  दमानी र उनको परिवारको सम्पत्ति समेत बढेर ७९ हजार करोडको उचाईमा पुगेको छ । सन्  २०१६ जुलाईमा दमानीको  मात्र सम्पत्ति ९ हजार २ सय ८१ करोड मात्र थियो । जुन जुलाई २०१७ मा २९ हजार ७ सय करोडको उचाईमा पुगेको छ । 

भारतका वारेन बफेट !
राधाकिशन  दमानीले सन् १९८० देखि सेयर बजारमा लगानीको सुरुवात गरेका थिए । आफ्ना पिताको मृत्युपछि उनी बाध्य भएर यो क्षेत्रमा आएका थिए । बिस्तारै बिस्तारै उनले सेयर बजारमा अपत्यारिलो प्रगति  हासिल गरे र उनलाई धेरै लगानीकर्ताले पछ्याउन समेत थाले । यहीकारण उनलाई अहिले भारतका वारेन बफेट समेत भन्न थालिएको छ । वारेन बफेट त्यस्ता अमेरिकी लगानीकर्ता हुन्, जसले सेयर बजारमा लगानी गरेर संसारकै तेश्रो धनी व्यक्ति बन्ने सफलता पाएका छन् । सेयर बजारमा औधी कमाएकै कारण उनले निकै समय पछि मात्र आफ्नै रिटेल बिजिनेश सुरु गरेका हुन् ।