काठमाण्डौ । कस्तो अवस्था होला यदि एक सामान्य व्यक्तिले अचानक आफ्नो बोल्ने क्षमता (आवाज) गुमाउँदा ? ऊ बोल्न कोसिस गर्छ तर गलाबाट आवाज आउँदैन । अनि फेरि वर्षौंपछि एउटा चमत्कारजस्तै अचानक आवाज फेरि फर्किन्छ ।

यस्तै भयो मैरी मैकार्डीको जीवनमा । एक दिन बिरामी परेकी मैरीले पूर्ण रुपमा बोल्न नसक्ने भइन् । अचानक १२ वर्षपछि एउटा जादु भयो र उनी बोल्न थालिन् ।

यो घटना सन् १९७० को हो । ब्रिटेनमा जन्मेकी मैरी १२ वर्षको हुँदा आमा–बुवासँग अस्ट्रेलिया आइन् । मैरीले विस्तार अस्ट्रेलियाको भाषा सिक्न थालिन् र आफ्नो नयाँ जीवनको सुरुआत गर्न थालिन् । तर अस्ट्रेलिया भित्रिएको एक महिनामै उनको जीवनमा ठूलो वज्रपात पर्यो । अचानक उनको आवाज गुम्यो ।

मैरीले भनिन् , ‘एक दिन बिहानै उठेँ, मलाई निकै जाडो महसुस भयो, रुघा पनि लागेको थियो । चिकित्सकको १–२ धाएँ, पत्ता लाग्यो कि मलाई ब्रोन्काइटिस भएको रहेछ ।’

मैरीका अनुसार एक सातासम्म उच्च ज्वारो थियो पछि निको भयो । फोक्सोमा इन्फेक्सन पनि थियो, त्यो पनि ठीक भयो । करिब ६ सातामा उनी उच्च ज्वारोको मुक्त भइन् तर आवाज फर्किएन । उनी छाँगाबाट खसेझैँ भइन् । 

मौरी विस्तारै–विस्तारै मनन गर्न थालिन् कि अब उनी कहिल्यै बोल्न सक्दिनन् । उनी भन्छिन्, ‘पहिला त मलाई निकै तनाव भयो तर पछि मैले हिम्मत बढाएँ ।’

मौरी खोक्दा, रुँदा वा हास्दा कुनै किसिमको आवाज घाँटीबाट निस्किँदैन थियो । चिकित्सले पहला उनलाई ल्यारिन्जाइटिस र पछि हिस्टेरिकल म्युटिज्म भएको बताए । हिस्टेरिकल म्युटिज्मको अर्थ हुन्छ शरीरमा सबै सामान्य रहेको अवस्थामा पनि गलाको तन्त्रमा कुनै गडीबडी हुँदा आवाज ननिस्कनु । यो रोग भएका मानिस विशेष गरी बोल्दै नबोल्दै चिकित्सकहरुको ठम्याइ छ । 

मैरी आफूलाई उक्त रोग लागेको सहमत थिइनन् । किनकि उनी जिद्दी पनि थिइनन् र नबोल्ने केटी पनि थिइनन् । 

बोली नहुँदा मैरीले १२ वर्षको अवधिमा निकै हण्डर खाइन् । पहाडमा घुम्न जाँदा तल ओर्लिंदै गर्दा चिप्लेर फसिन् । साथीहरुलाई बोलाउन कोसिस गरिन् तर सकिनन् । विस्तारै आफैँ बाहिर आइन् । 

त्यस्तै स्कुलले एउटा गायन दलमा मैरीलाई समावेश गर्यो । तर बोली नहुँदा साथीहरुले उनलाई गिज्याउन थाले । छरछिमेकले त उनीमाथि अचानक कुनै भूतप्रेत लागेको हो कि भन्ने आशंका पनि गरे । 

निकै तनावमा रहेकी मैरीले १४ वर्पको उमेरमा आत्महत्याको कोसिस पनि गरिन् तर परिवारजनले बेलैमा अस्पताल लगेर ज्यान बचाए । उनलाई मानसिक अस्पताल लगियो । त्यहाँबाट उनी भागेर साथीको घरमा गइन् । उनी आफ्नो अवस्थाको जिम्मेवार आमा–बुवा नै भएको ठहर गर्न थालिन् । आमा–बुवाले पनि उनलाई चासो दिन छाडे । 

करिब ६ महिनापछि विस्तार आफ्नो अवस्थालाई स्वीकार गर्दै मैरी सांकेतिक भाषा कक्षामा भर्ना भइन् । त्यसपछि उनी आफैँ सामान्य महसुस गर्न थालिन् । त्यसपछि आफूजस्तै साथीहरुसँग घुलमिल हुन थालेपछि उनको जीवनमा परिवर्तनहरु देखिन थाले । 

जब मैरी २५ वर्षकी भइन् । उनी एक दिन फेरि बिरामी परिन् । ‘मलाई रुघाखोकीले निकै सतायो म खोक्न थालेँ, मेरो मुखबाट रगत निस्कियो’, उनी सम्झिन्छिन्, ‘मलाई लाग्यो अब म मर्छ, मलाई मेरो गलामा केही अड्केको जस्तो महसुस भइरहेको थियो ।’

मैरीलाई उनकै साथीले अस्पताल पुर्याए । चिकित्सकले जाँच गरे पत्ता लगाए कि मैरीको गलामा एउटा वस्तु अड्किएको छ । चिकित्सकले उक्त वस्तु बाहिर निकाल्दा पत्ता लाग्यो त्यो तीन पैसाको एउटा सिक्का थियो ।

मैरीका अनुसार उक्त सिक्का उनको गलामा सन् १९६० देखि अड्किएको थियो । तर उनलाई त्यो सिक्का उनको गलामा कसरी पुग्यो भन्ने भानसमेत छैन । 

चिकित्सकका अनुसार उक्त सिक्का मैरीको गलाको ध्वनि तन्त्रनजिकै अड्केको थियो । जसका कारण उनको आवाज बन्द भयो । 

गलाबाट सिक्का निस्केपछि मैरी बोल्न थालिन् । मैरी खुसी हुँदै भन्छिन्, ‘वर्षौंपछि मेरो गलाबाट आवाज निस्किँदा सुरुमा मलाई विश्वास भएन । मलाई लाग्यो कि कतै यो मेरो जीवनको ठूलो मजाक त होइन ।’

आवाज फर्किएपछि मैरीले सबैभन्दा पहिले आफ्नी आमालाई फोन गरिन् । पछि मैरीलाई साथीहरुको गायन दलमा पनि सामेल गरियो । 

सन् २०१९ जुलाईमा मैरीले लेखेको किसाब ‘भ्वाइसलेस’ प्रकाशित भएको थियो । जसमा उनले यी अनुभवहरु लेखिकी छन् । 

जुन सिक्का उनको गलामा अड्किएको थियो, त्यो सिक्कालाई उनले आफ्नो हातमा लागएको ब्रेसलेटमा जडान गरी लगाएकी छन् । –एजेन्सी