काठमाण्डौ । भेस्पा कम्पनीले पहिलोपटक स्कूटर दोश्रो विश्वयुद्धको समाप्तिपछि इटलीका नागरिकहरुका लागि बनाएको थियो । भेस्पाको पहिलो स्कूटर ३६ करोड रुपैयाँमा बिक्री हुनसक्ने मिडिया रिपोर्टहरुमा उल्लेख छ । कसरी ? आउनुहोस्, हेरौं केही रोचक कारण :

-यो भेस्पा कम्पनीको सबैभन्दा पुरानो स्कूटर हो, जसको लिलामी हुन गइरहेको छ । यो स्कूटरलाई अनलाइनमा लिलामीमा राख्न खोजिदैछ । २८ मार्चसम्म चल्ने यो लिलामीमा स्कूटरको मूल्य ३६ करोड रुपैयाँसम्मको उचाईमा जाने अनुमान गरिएको छ । 

-यो स्कूटरको अधिकांश हिस्सा हातबाट बनाइएको थियो । १९४६ मा बनाइएको यो स्कूटरलाई अहिलेसम्म पनि चालुु हालतमा राखिएको छ । 

-स्कूटरलाई पियाज्जो नामको कम्पनीले तयार गरेको थियो । १९५३ मा हलिवड अभिनेत्री  आडी हेपबर्नको फिल्म रोमन होलिडेमा समेत यो स्कूटरको प्रदर्शन गरिएको थियो । यही कारण समेत यो स्कूटरको मूल्य अझ बढेको दाबी गरिन्छ । 

-भेस्पाको स्कूटर बनाउने पियाज्जो कम्पनी विश्वयुद्धको दौरान लडाकूू बिमान बनाउने गथ्र्यो । तर, युद्धको समाप्तिपछि कम्पनीलाई हतियार बनाउने अनुमति दिइएको थियो ।