प्यूठान । सुरुमा एउटै पदमा बाबुछोराले फरक फरक पार्टीलाई भोट माग्दै हिँड्दा धेरैले पत्याएनन्, तर वास्तविकता त्यस्तै भयो । 

अन्तिम नामावलीमा प्यूठान नगरपालिका ९ को वडाध्यक्षमा कांग्रेसबा ६४ वर्षीय भरतबहादुर केसी र राप्रपाबाट ४१ वर्षीय बाचुन केसीले उम्मेद्वारी दिए । 

छुट्टा छुट्टै निर्वाचन चिन्हमा एकाघरका बाबुछोराले भोट माग्दा धेरैजना दंग छन् । सहमतिमा लागेर अघि बढ्ने प्रयास भए पनि कुरा नमिलेपछि बाबुछोरा नै उम्मेद्वार बनी निर्वाचन प्रचारमा लागेको बताउँछन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।