काठमाण्डौ । हामी एउटा भैंसीको खरिदबिक्री मूल्य कतिसम्म सुनेका होलौँ ? ८० हजार रुपैयाँसम्म वा एक लाख रुपैयाँभन्दा माथि ।

छिमेकी मुलुक भारतमा एउटै भैंसीको मूल्य २२.४ करोड रुपैयाँ (भारु १४ करोड) खरिदबिक्री भएको छ । भारतको राजस्थानमा जारी पुष्कर अन्तर्राष्ट्रिय पशु मेलामा यो भैंसीलाई प्रदर्शनमा राखिएको छ । त्यहाँ विभिन्न प्रजातिका पाँच हजारभन्दा बढी पशु प्रदर्शनीका लागि पनि राखिएका छन् ।

प्रदर्शनीमा राखिएको उक्त भैंसीको तौल पनि असामान्य छ । अर्थात् उक्त भैंसीको तौल १३ सय किलो छ । यो भैंसी जोधपुरका स्थानीय जवाहर लाल जाँगिड र उनका छोरा अरविन्द जाँगिडले मेलामा प्रदर्शन गर्न ल्याएका हुन् । 

राजस्थानको मरुभूमि जारी पशुमेलामा विशेषगरी ऊँट र घोडा हेर्न पर्यटकहरु आउने गर्छन् । तर यसपालि यो भिमकाय भैंसीले पर्यटकलाई लोभ्याइरहेको छ।

यो भैंसीको खुराककै लागि महिनाको डेढ लाख खर्च हुने गरेको जवाहरले बताए । उनले भने, ‘यसलाई प्रतिदिन एक किलो घ्यू, आधार किलो मख्खन, २५ लिटर दूध, एक किलो काजु र बादाम खुवाइन्छ ।’

जवाहर बाबुछोराले यो भैंसी अहिलेसम्म विभिन्न मेलामा यो भैंसी प्रदर्शन गरेर थुप्रै पुरस्कार पनि जितिसकेका छन् ।

यो भैंसीको मूल्य एक वर्षमा एक सय किलो वजन बढ्नुका साथै मूल्य पनि ३ करोड रुपैयाँले बढेको छ । पछिल्लो वर्ष पशु मेलामा ल्याउँदा यो भैंसीको वजन १२ सय किलो र मूल्य १९.२ करोड रुपैयाँ (भारु १२ करोड) थियो । 

अहिले यो भैंसी किन्न चाहनेले भारु १४ रुपैयाँ दिन तयार छन् ।