काठमाण्डौ । आफ्नो दाँत सफा गर्ने र कपाल कोर्ने हरेक दिनको अनिवार्य कामजस्तै अहिले मानिसका लागि मोवाइल चार्ज पनि उत्तिकै अनिवार्य काम भएको छ । वैज्ञानिकहरुको दाबीलाई मानिदिने हो भने निकट भविष्यमै अब तपाईले दैनिक यस्तो दुःख गर्न नपर्ने हुनसक्छ । तपाईले एकपटक मोवाइल चार्ज गरेपछि यति लामो समयसम्म चल्नेछ कि तपाईले आफ्नो मोवाइलको चार्जर नै भूूल्नुुहुनेछ । वैज्ञानिकहरुले हरेक तीन महिनामा एकपटक मात्र मोवाइल चार्ज गर्नुुपर्ने गज्जबको प्रविधिको विकासमा सफलता पाएका छन् । 

एजेन्सीहरुका अनुसार वैज्ञानिकहरुले यस्तो नयाँ सामाग्री उत्पादन गरेका छन्, जसले प्रोसेसरलाई १ सय गुणा कम उर्जा उपयोग गर्न अनुुमति दिनेछ । मिसिगन तथा कार्नेल विश्वविद्यालयका शोधकर्ताहरुले यो मेग्नोटोइलेक्ट्रिक मल्टिफेरिक म्याटेरियल परमाणुुको निकै पातलो तह निर्माण गर्नेछ, जसले चुम्बकीय ध्रुवीय फिल्म बनाउँछ । यो सिद्धान्तको उपयोग बाइनरी कोड १ तथा ० पठाउनका लागि गर्न सकिनेछ र जसमा हाम्रो कम्प्युटरले काम गर्नेछ । सरल भाषामा यसले बिजुलीको अत्यन्त सानो अंशको प्रयोग गरी यसले डेटा प्राप्त गर्ने र पठाउने काम गर्न सक्नेछ । 

अहिलेको प्रोसेसर चाहि सेमी कण्डक्टर बेस्ड सिस्टमको उपयोगबाट बनाइएको हुन्छ, जसलाई लगातार करेन्ट प्रवाहको आवश्यकता हुन्छ । तर, मेग्नोटोइलेक्ट्रिक मल्टिफेरिक्स सिस्टम उपयोग गरेर बनाइने प्रोसेसरलाई बिजुलीको निकै कम पल्सको जरुरी हुुन्छ, जसमा निकै कम उर्जाको उपयोग लामो समयसम्मका लागि गर्न सकिन्छ ।