काठमाण्डौ । चरमपन्थी संगठन इस्लामिक स्टेटले इराकको मुसल शहरमा एकलाख भन्दा बढी सर्वसाधारणलाई बन्धक बनाएर राखेको संयुक्त राष्ट्रसंघले दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघले इस्लामिक स्टेटले बन्धक बनाएर राखेको सर्वसाधारणलाई युद्धमा मानव ढालको रुपमा प्रयोग गरिएको दाबी समेत गरेको  छ ।

शरणार्थी सेवाका लागि बनाइएको संयुक्त राष्ट्रसंघको एक एजेन्सीका प्रवक्ताका अनुसार जब उग्रवादीहरुले आफ्नो गढ छाडेर पछाडि हट्न सुरु गरे, तबदेखि स्थानीय मानिसहरुलाई लिएर बन्धक बनाउने कामको सुरुवात गरे ।

संयुक्त राष्ट्रसंघका अनुसार इस्लामिक स्टेटको कब्जा अब इराकको पुरानो शहरको एक हिस्सामा मात्र सीमित बन्न पुगेको छ ।

इराकबाट प्राप्त भएको रिपोर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार इस्लामिक स्टेटले जे जति मानिसलाई बन्धक बनाएर राखेको छ, उनीहरुलाई खाने र पिउनेको राम्रो व्यवस्था समेत गरिएको छैन । इराकको सैन्य बलले लगातार आइएसको कब्जा रहेको पुरानो शहरमा प्रवेशको लगातार प्रयास गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।