काठमाण्डौ । करिब एकसय अर्ब डलरभन्दा बढी लागतमा बनिरहेको यो शहरमा सबै चिजहरु हुनेछन्, जे जे मानिसका आवश्यक छन् । मलेशियाको मानव निर्मित यो टापुमा गगनचुम्बी अपार्टमेन्टहरु, अफिस बिल्डिङ, पार्क, सपिङ मल, बस स्टप, होटल, रेष्टुरेन्ट, पसल, स्कूल तथा साइडवाकसहित अन्य कयौं सुविधाहरु हुनेछन् । 

यो परियोजना यति ठूलो र आलिसान छ कि, जसको अहिले विश्वभरि नै चर्चा भइरहेको छ । फरेस्ट सिटीको नामबाट यो प्रोजेक्ट चिनियाँ डेभलपर कम्पनी कन्टी गार्डेनले बनाइरहेको छ । यो प्रोजेक्टलाई सन् २०४० सम्म पूरा गर्ने योजना बनाइएको छ । तर कतिपय एक्सपर्टहरुलाई डर छ कि, कतै यो शहर भूतको शहर नबनोस् । 

सपनाको शहर
यो सहर अचम्मका विशेषताले भरिपूर्ण छ । यो शहर जुन टापुमा निर्माण गर्न खोजिँदैछ, त्यो टापुु नै मानिसले मेसिनको प्रयोगबाट बनाएका हुन् । चारवटा टापुुमा सपनाको शहर बनाउन लागिएको एजेन्सीहरुले जनाएका छन् । यी चारैवटा टापुु एक अर्कासँग जोडिएका छन् । यहाँ निर्माणको काम सुरु भइसकेको छ । यो टापुुलाई सिंगापुरको एमआरटी र मलेशियाको हाई स्पीड रेल लाइनसँग जोडिनेछ । यहाँ बस्ने हरेक व्यक्तिले आधुनिक सार्वजनिक यातायातको सुविधा लिन आफू बसेको ठाउँबाट १० मिनेट हिँडे पुुग्छ । 

डेभलपरले भनेका छन् कि यो सपनाको शहर हुनेछ । तर कतिपय विज्ञ तथा लेखकहरुले यो विशाल शहर कतै अर्को नयाँ भूतको शहर नबनोस् भनी चिन्ता व्यक्त गरेका छन् । सन् १९७० देखि हालसम्म चीनका डेभलपरहरुले ५ सय भन्दा बढी घोस्ट सिटी(भूतको सहर) बनाइसकेका छन्, जहाँका हजारौं घर अझै पनि खालि नै छन् । 

चीनले हालसम्म बनाएको भूतको शहर
 

ट्राएडूसेङ शहर

यो शहरलाई निकै सहज ढंगले चिन्न सकिन्छ । यहाँ फ्रान्सको एफील टावरको एक ३ सय फूट अग्लो नक्कली प्रतिमा समेत बनाइएको छ । यो पूरा शहरमा पेरिसको हरेक डिजाइनको कपी गरिएको छ । तर दुुर्भाग्य यहाँ मानिस बस्दैनन् । 

दुुबई अफ नर्देन चाइना


दुुबई अफ नर्देन चाइनाको नामबाट परिचित यो भव्य शहर कनबाशी न्यू एरिया प्रोजेक्टको रुपमा ३० लाख मानिसका लागि बनाइएको थियो । तर दुुर्भाग्य यो शहर पनि कहिल्यै गुल्जार हुन पाएन । आजको मितिमा यो क्षेत्रमा मात्र ३० हजार मानिस बस्छन् । लगानीकर्ताले यो क्षेत्रमा धेरै मानिस बस्न आउने दाबी गरेका थिए, यही कारण यहाँको घरहरुको मूल्य बजारको भन्दा ३० प्रतिशत बढी राखियो । परिणाम उल्टो आयो, अन्तत यति ठूलो प्रोजेक्ट नै थला पर्यो । 

जेनडाङ न्यू एरिया


जहाँ पहिला गहुँको निकै राम्रो खेतीपाती हुन्थ्यो, आज त्यहीँ आलिसान महलहरु खडा भएका छन् । तर यहाँ चहलपहल भने शून्यप्राय छ । यसको आकार सान फ्रान्सिस्कोको भन्दा दुुई गुणा छ । यहाँको घरको भाडा तथा भवनको अधिक मूल्यका कारण यसलाई पनि भूतको शहरमा परिणत गरिदियो । 

ओण्डरल्याण्ड प्रोजेक्ट


बेइजिंगदेखि ४५ मिनेटको दूरीमा १२० एकड क्षेत्रमा फैलिएको ओण्डरल्याण्ड अहिले सुनसान र डराउने शहरको परिणत भएको छ । यसलाई एशियाकै सबैभन्दा ठूलो एम्यूजमेन्ट पार्कको रुपमा प्रचार प्रसार गरिएको थियो । जमीनको विवाद तथा अदालती केसका कारण यो प्रोजेक्टमा प्रारुप मात्र तयार हुन पायो ।