काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंकले आफ्नो शाखा सञ्जाल बिस्तारको कार्यलाई तीव्र पारेको छ । यो क्रममा उसले माघ २७ गतेदेखि देशका विभिन्न ६ स्थानमा एकसाथ शाखा संचालन गरी आफ्नो सेवा बिस्तार गरेको छ । 

माघ २७ गते इटहरी, हेटौडा, बुटवल, रजहर, कोहलपुर र कालीकोटमा गरी ६ स्थानमा नयाँ शाखा एकसाथ संचालनमा ल्याइएको बैंकले जनाएको छ । यस्तै, बैंकले माघ २८ गते काठमाण्डौको कलंकीमा समेत नयाँ शाखा बिस्तार गरी सेवा बिस्तार गरेको छ । 

यी शाखाहरुबाट त्यस क्षेत्र र आसपासका सर्वसाधारणहरु बैकिङ सेवाबाट लाभान्वित हुने तथा बैंकको व्यवसाय थप विस्तार हुने अपेक्षा बैंकले गरेको छ । थपिएका नयाँ शाखाहरुसंगै बैंकको कुल शाखा संख्या २९, एक्स्टेन्सन काउन्टर १ तथा एटिएम् संख्या १३ पुगेको छ । साथै खोलिएका नयाँ शाखाहरुबाट बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने बताइएको छ ।