काठमाण्डौ । सिद्धार्थ बैंकले भाद्र १ गते बिहीबारका दिनदेखि ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले ती शाखा कार्यालयहरु मार्फत् सम्पूूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

हालै सञ्चालनमा आएका नयाँ शाखासहित बैंकले हाल देशभर रहेका ७५ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र  ४५० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

आर्थिक वर्ष २०७३/०७४ को आषाढ मसान्तसम्म बैंकले रु. १ अर्ब ४१ करोड खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोही अवधिमा बैंकको कुल निक्षेप रु. ७७ अर्ब ३१  करोड र कर्जा लगानी रु. ६६ अर्ब ६ करोड रहेको छ ।