काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १ हजार भन्दा बढीको दरले खरिदबिक्री भइहेको फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर लिलामीबाट सस्तोमै उठाउने अवसर खुल्ने भएको छ। 

यो माइक्रो फाइनान्स कम्पनीको बिक्री नभएको सर्वसाधारणतर्फको ११ हजार ६ सय २६ कित्ता सेयर बोलकबोलमार्फत खरीदका लागि बिक्री  प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

आगामी साउन १५ गतेदेखि इच्छुक लगानीकर्ताले फ्रस्ट माइक्रो फाइनान्सको सेयर खरीदका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । २२ गतेसम्म बोलपत्र पेश गर्न सकिने  र यसको नतिजा साउन २५ गते सार्वजनिक गरिने बताइएको छ । 

इच्छुकले प्रति कित्ता न्यूनतम १ सय रुपैयाँ दर तोक्नुुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि बोली लगाउनुपर्नेछ । 

इच्छुक लगानीकर्ताले तोकिएको समयमा ग्लोबल आइएमई क्यापिटल लिमीटेडको जमलको राष्ट्रियनाचघरस्थित मुख्य कार्यालयमा गएर शिलबन्दी बोलपत्र पेश गर्नसक्ने व्यवस्था मिलाइएको छ ।