काठमाण्डौ । केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोमा एक हजारको मोबाइल किन्दा ५ हजार बराबरको  गिफ्ट ह्याम्पर पाइने अचम्मको अफर सार्वजनिक भएको छ । 

मोवाइल हबले सीमित अवधिका लागि पत्याउनै नसकिने अफर सार्वजनिक गरेको हो ।   

यस्तै, ५० हजार रुपैयाँ भन्दा माथिको स्मार्टफोनको खरिदमा १ लाख भन्दा बढी भ्यालु भएको गिफ्ट ह्याम्पर पाउने ब्यबस्था गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए। 

चाबहिलको केएल टावरमा रहेको केएल मोबाइल हबमा बिश्व बजारमा उपलब्ध २३ भन्दा बढी मोबाइल कम्पनीका ९ सय ९९ रुपैयाँ देखि १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ सम्मका मोबाइल पाइने ब्यबस्था मिलाइएको छ । 

एसइइ परीक्षाको प्रबेशपत्र लिएर आउने हरेक बिद्यार्थीहरुलाई मोबाइल हबमा प्रबेश गरेसँगै सीमित अवधिका लागि एउटा सेल्फीस्टिक निशुल्क प्रदान गरिने अफर समेत सार्वजनिक गरिएको छ । 

हरेक मोबाइलको खरिदमा केएल टावर स्थित एफ क्युव सिनेमा हलको २ वटा टिकट र क्लब डेजाभुको ४ हजार बराबरको २ वटा टिकट उपलब्ध गराइने मोबाइल हबले जनाएको छ । ५० हजार भन्दा माथिको स्मार्टफोन खरिदमा एफक्युब सिनेमाको २ वटा फ्रि टिकट र क्लब डेजाभुको एक बर्षको लागि लाखौं बराबरको फाइदा लिन सकिने प्रिभिलेज कार्ड उपलब्ध गराइने छ । 

यसैगरी, केएल मोबाइल हबको भिजिट गर्दा लक्की ड्र मार्फत सिंगापुर र मेलेसिया भ्रमणको अबसर प्राप्त गर्न सकिने तथा फोटो कन्टेस्टमा भाग लिई सामसुङ ग्यालेक्सी एस ८ जित्ने अबसर पाइने प्रबन्ध निर्देशक ग्लाइडरले बताए । केएल टावरमा खोलिएको मल्टिब्राण्ड मोबाइल हब नेपालमै पहिलो भएको दाबी प्रबन्ध निर्देशक ग्लाइडरको छ । 

मोबाइल एक्स्पोमा आइफोन, सामसुङ, ब्ल्याकबेरी, वन प्लस, एचटिसी, नोकिया, सोनी, ओप्पो, जियोनी, हुवावे, जोप्पो, एमआइ, ओबिआइ, एलजी, कुलप्याड, लेनेभो, जेटटिइ, युएमआइ, लाभा, कलर्श, पानासोनिक, किन्जीन्दा, डिटिसीका मोबाइल फोनको कारोबार भइरहेको छ । यसैगरी, स्टक क्लियरेन्सका मोबाइल सेटहरु ४०, ५० र ६० प्रतिशत सम्म छुटमा कारोबार भइरहेको छ । 

मोबाइल एक्स्पोको अबसरमा गिफ्ट ह्याम्पर र हबमा प्रबेश गर्ने अबलोकनकर्ताहरुलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिरहेको केएल मोबाइल हबका निर्देशक संगम राइले बताए ।