काठमाण्डौ । गोजीमा १००० रुपैयाँ छ भने फजूल खर्च नगर्नुहोस् । अझ कलेज तथा स्कूलका विद्यार्थीहरुले यसपटकको खाजा खर्च बचाउनुुभएको छ भने तपाईले अहिले गरेको सानो लगानीले भविष्यमा राम्रो रिटर्न दिने अवसर छ । एनआइसी एशिया क्यापिटल लिमीटेडको म्युचुुअल फण्ड अन्तरगतको पहिलो स्कीम एनआइसी एशिया ग्रोथ फण्ड खरीदका लागि आवेदन दिने आज(फागुन १३ गते) अन्तिम दिन हो । म्युचुुअल फण्डको सजिलो पक्ष भनेकै साथमा एकहजार हुनेले समेत इकाई खरीदका लागि आवेदन दिन पाउनेछन् ।  

क्यापिटलले फण्डको इकाई माघ २ गतेदेखि निश्कासन गरेको थियो । फण्डको इकाई पहिलो चरणमा सबै बिक्री नभएपछि फागुन १३ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको हो । 

एनआइसी एशियाको प्रवद्र्धन र एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा संचालन हुन लागेको ७ वर्षे बन्दमुखी यो स्किमले १० रुपैयाँ दरका १० करोड इकाई निश्कासन गरेको हो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । यसको अर्थ साथमा १ हजार रुपैयाँ हुनेले समेत म्युुचुुअल फण्डमा आवेदन दिन पाउनेछन् । चिया खर्चमा सामान्य कटौति गर्नसक्ने जोकोहीले यो फण्डमा लगानी गरे उत्तम हुन्छ।

निश्कासित कुल इकाईमध्ये एककरोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीका लागि खुल्ला गरिएको हो ।

यदि एनआइसीको यो फण्डमा समेत माग भन्दा बढी आवेदन परे १ अर्बको कोषको आकार १ अर्ब २५ करोडसम्म तन्काउन सकिनेछ । 

म्युचुुअल फण्डका इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै आस्वा सदस्य बैंक तथा बित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु सम्पर्क गर्न सकिनेछ ।