विराटनगर । प्रदेश नं १ बाट ७८ जनाले कोरोना भाइरस (कोभिड—१९) लाई पराजित गरेर घर फर्किएका छन् । 

बिहीबार थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएका प्रदेश १ को मुख्यमन्त्री कार्यालय मातहतको सूचना डेस्कले जनाएको छ । 

कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । 

यसैबीच प्रदेश १ मा आज थप १६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । योसँगै प्रदेश १ मा जम्मा कोभिड—१९ पुष्टि भएको संख्या २०१ पुगेको छ ।

यतिबेला १२३ जना कोभिड १९ पुष्टि भएकाहरु उपचाररत छन् । 

प्रदेश १ मा १० हजार ५७ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आरडीटिबाट १२ हजार ९ सय ५० जनाकोे परीक्षण भइसकेको छ।