काठमाण्डौ । सिद्धार्थ बैंकले देशका तीन ठाउँमा एकैदिन शाखा कार्यालय बिस्तार गरेको छ । 

मंसिर २० गते बुधबार नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । 

बैंकले ती शाखा कार्यालयहरु मार्फत् सम्पूूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ र यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको सेवाबाट लाभान्वित हुनेमा बैंकले विश्वास व्यक्त गरेको छ । 

हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।