काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. २ को सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४, गोलबजारमा नयाँ शाखा स्थापना गरी कारोबार थालेको छ । 

फागुन २९ गते ७१ औं र ७२ औं शाखाको रुपमा ती दुई शाखा संचालनमा ल्याइएको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

बैंकका संचालक भिमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ भएको थियो ।

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. २ मा पाँच शाखा पुगेका र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताएका थिए । 

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ७२ वटा शाखा कार्यालयहरु तथा २७ वटा एटीएम रहेका छन् ।