नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् । 

तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै उडान रद्ध गरेका हुन् । 

स्थानीय सञ्चार माध्यमअनुसार गत अगस्तदेखि यस कम्पनीले घाटामा गएको भन्दै वरिष्ठ व्यवस्थापकहरू, चालक, इन्जिनियरलगायतलाई तलब दिएको छैन । 

उडानहरू रद्ध भएपछि कम्पनीले एक वक्तव्य जारी गर्दै अप्रत्यासित रूपमा उडान सेवा दिन नसकिएको जनाएको छ । 

विषेश परिस्थिति र विमान चालकहरूको असहयोगका कारण विमान सेवा सुचारु हुन नसकेको भन्दै कम्पनीले विमान चालकहरूलाई दोष दिएको छ । 

कति उडान रद्ध भएका छन् भन्ने बारेमा भने कम्पनीले वक्तव्यमा केही उल्लेख नगरेको समाचारमा जनाइएको छ ।